Logo

महानगरपालिका प्रमुख सफाइ अभियानमा



विराटनगर, २० फागुन  : सफा नगर अभियानका लागि विराटनगर महानगरपालिकाले आजदेखि विशेष अभियान शुरु गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको वी प्लटमा आज एक कार्यक्रमको आयोजना गरेर उक्त अभियानको शुभारम्भ गर्नुभयो ।

सफा नगर अभियानमा दाह्री समूह, विङ नेपाली, युथ नेपाल, नेपलिज टिन्सलगायत संस्थाको सहभागिता छ । नगर प्रमुख पराजुलीले सडकका पेटी, सडकको दायाँबायाँ रहेको फोहर उठाउने, सडकमा पानपराग गुट्खा तथा कागज र प्लाष्टिकजन्य फोहर संकलन गर्नुभएको थियो ।

विराटनगर महानगरपालिकालाई सफा शहरका रुपमा विकास गर्न अभियान शुरु गरिएको हो । उक्त अभियानमा आगामी दिनमा ५० भन्दा बढी संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकामा हाल दैनिक १०० टन फोहर संकलन हुँदै आएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot