Logo

संसदीय दलको नेतामा देउवाको उम्मेद्धवारी, गच्छदार प्रस्तावक



काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेद्धवारी दर्ता गरेका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा देउवाले उम्मेद्धवारी दिएका हुन् । उनको प्रस्तावकमा विजयकुमार गच्छदार छन् भने मान बहादुर विश्कर्मा समर्थक छन् ।

देउवाले वारेसमार्फत उम्मेद्धवारी दिएका हुन् । उनले आफू निकट नेता बालकृष्ण खाँडमार्फत उम्मेद्धवारी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्