Logo

बृद्धहरुको भवन स्तरोन्तीका लागि महायज्ञ



शरद रेग्मी , तुलसीपुर २० फागुन । बृद्ध सेवा समितिको भवनको स्तरउन्नती गर्न तुलसीपुरमा महायज्ञ सञ्चालन हुने भएको छ ।

बृद्ध सेवा समिति तुलसीपुरले सोमबार रिपोर्टर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी फागुन २४ गते देखि ३० गते सम्म महायज्ञ सञ्चालन हुने जनाएको छ ।

तुलसीपुर १२ रझेनामा रहेको बृद्धसेवा समितिको भवनमा सभाकक्षा, गेट तथा पर्खाल निर्माणका लागि श्रीमद भागवत महापुरण महायज्ञ सञ्चालनका गर्न लागिएको मुल आयोजक समितिका संयोजक खुमानन्द अधिकारीले बताए । महायज्ञबाट करिब २० लाख बढी संकलन गर्ने लक्ष्य रहेको अधिकारीले बताए ।

यस अघि पनि बिभिन्न दानदाताहरुको सहयोगमा बृद्ध सेवा समितिको भवन निर्माण भएको भन्दै उनले अझै बृद्धहरुको सेवाका लागि भवनलाई स्तरउन्नती गर्न लागेको उनले बृद्ध सेवा समितिका अध्यक्ष अधिकारीले बताए ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक शुष्मा गिरी, राससका नारायणी रजौरे, नेपाल पत्रकार महासंघ दाङका सहसचिब सर्मिला डिसीलगायतले सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार निरला अर्याल गैरेले गरेकी थिईन् ।।



प्रतिक्रिया दिनुहोस्