Logo

चुडामणिको अकुत सम्पत्तिः मुद्दा चार करोड २९ लाखको, धरौटी ४५ लाख



काठमाडौं २१ फागुन ।  गैरकानुनी सम्पत्ति (अकुत) आर्जनको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने हाजिर हुनुभएको छैन,’ श्रेष्ठले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भएका थिए । विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी मागको आदेश दिएको हो ।

उनीविरुद्ध ४ करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो । यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा १ अर्ब राजश्व हिनामिना गरेको अभियोगसहित अख्तियारले अर्को मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पनि अदालतले मागेको १ करोड रुपैयाँ धरौटी रकम बुझाएर शर्मा अदालती तारेखमा छन् । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्