Logo

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमानले १९ मत पाउँदा देउवालाई ४४ मत



फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

केहीबेरअघि सम्पन्न निर्वाचको मतरिणामअनुसार देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका छन् ।

६३ जना सासंद रहेकोमा दलको नेता चयन हुनका लागि ३२ मतको आवश्यकता थियो । जसमा देउवाले ४४ मत पाए ।

प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता चुनिएका हुन् ।

नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान भएको थियो।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन। सबै सांसदले मतदान गरेक थिए ।



प्रतिक्रिया दिनुहोस्