Logo

ओली-प्रचण्डसँग भेटेपछि उपेन्द्रले भने : कुरा सबै भयो, तर केही टुग्गिएन



काठमाडौं, २१ फागुन । एमाले–माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच आज पनि कुनै सहमति हुन सकेन् । फोरमलाई सरकारमा सहभागी गराउनको लागि सत्तारुढ दल एमाले र माओवादी केन्द्रले कसरत गरिरहेका छन् । तर, मन्त्रालय भागण्बडामा कुरा नमिलेपछि आजको बैठकमा पनि सहमति हुन नसकेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आज निकै गम्भिर छलफल भएको थियो । तर, बैठक मन्त्रालय बाँडफाँडमै अड्किएको थियो । फोरमले आफूहरुलाई कम्तिमा पनि ३ मन्त्रालय दिनुपर्ने माँग गरेको छ ।

तर, सत्तारुढ दलले २ वटामात्रै दिन सकिने भन्दै सोही अनुसारको अफर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गरेका छन् । बैठकपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले भने,‘कुरा सबै भयो, तर केही टुग्गिएन।’ यद्धपी उनले आजको बैठक सकारात्मक भएकोले आफूले कुनै आलोचना गर्न नचाहेको सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्