Logo

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई ‘गार्ड अफ अनर’को सम्मान (फोटोफिचर)



रिपोर्टर्स नेपाल : काठमाडौं, फागुन २१ । दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासीलाई नेपाल सरकारले ‘गार्ड अफ अनर’ को सम्मान प्रदान गरेको छ।

सोमबार ३ : ३८ मा काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ को सम्मान दिइएको हो ।
टुँडिखेलमा गार्ड अफ अनर दिइने अब्बासी पहिलो विदेशी पाहुना हुन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्