Logo

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता : सार्कलाई सक्रिय बनाउन छलफल, पाकिस्तान भ्रमणको निम्तो



काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय तुल्याउने विषयमा छलफल भएको छ ।

उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा पनि छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री बन्नुभएकामा नेता ओलीलाई बधाई दिँदै उपयुक्त समय मिलाएर पाकिस्तान भ्रमणका लागि निम्तो दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्