Logo

दुई दिनमा ५७ अंकले घटेको नेप्से मंगलबार सुधार, ८ अंकले बढ्यो



फागुन २२, काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा सामान्य अंकको सुधार आएको छ ।

आइतबार र सोमबार दुई दिनमा ५७ अंकले घटेको नेप्से परिसुचक आज भने आठ दशमलब सात शुन्य अंकले बढेको हो । नेप्से परिसुचक एक हजार दूई सय छयानब्बे दशमलब चारचार अंकमा पुगेको छ ।

क वर्गका कम्पनीको सुचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि एक दशमलब आठ सात अंकले बढेर दुई सय पचहत्तर दशमलब चार तीन अंकमा पुगेको छ ।

आज एक सय ६४ कम्पनीका १४ लाख चालिस हजार आठ सय चौरासी कित्ता शेयर पाँच हजार पाँच सय ६८ पटक किनबेच हूँदा ४७ करोड ९९ लाख ८५ हजार नौ सय बयानब्बे रुपैयाँको कारोबार भयो । कारोबारमा आएका दशवटा समुहमध्ये आठ वटा समुहको परिसुचक बढेको छ ।

होटल र अन्य समुहको सुचक घटेको हो ।।



प्रतिक्रिया दिनुहोस्