Logo

दुई दिने भ्रमणपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता



काठमाडौं फागुन २२ । दुई दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी स्वदेश फिर्ता भएका छन्। उनलाई अर्थमन्त्री युवराज खतिवडाले बिदाई गरेका हुन्।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन उनी सोमबार नेपाल आएका थिए।उनलाई हिजो टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो। गार्ड अफ अनर दिइने अब्बासी पहिलो विदेशी पाहुना हुन्। उनको  स्वागतमा हिजो होटल याक एण्ड यतिमा रात्रिभोज आयोजना गरिएको थियो।

उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी बधाई दिएका थिए भने मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए।



प्रतिक्रिया दिनुहोस्