Logo

एमाले स्थायी कमिटी बैठकमा राष्ट्रपतिमा विद्या र झलनाथ उम्मेद्धवार बनाउनेबारे छलफल



काठमाडौं, २२ फागुन । नेकपा एमालेको स्थायी कमिटीको बैठकमा राष्ट्रपतिको उम्मेद्धवार कसलाई बनाउने छलफल चलेको छ। बैठकमा वर्तमान राष्ट्रपति विद्या देवी भण्डारी र बरिष्ठ नेता झलना खनालको नाम चर्चा भएको छ ।

अर्का बरिष्ठ नेता माधवकुमार नेपालको ६५ औं जन्मदिन सेलिब्रेशन गर्दै सुरु भएको स्थायी कमिटीको बैठकमा नयाँ राष्ट्रपतिमा उम्मेद्धवार बनाउनेबारे दुई जनाको नाम चर्चा भएको हो ।

एमाले निकट उच्च स्रोतका अनुसार उक्त बैठक सुरू हुनुभन्दा अगाडि माधव नेपालले ‘बर्थ डे केक’ काटेका थिए । नेता नेपाललाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पगुच्छा दिई शुभकामना दिएका थिए।

बैठक बालुवाटारमा अहिले जारी छ।



प्रतिक्रिया दिनुहोस्