Logo

सरकारमा जाने विषयमा हामी छलफलमै छौँ : मनिष सुमन



फागुन २३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले आफ्नो सरकारमा जाने वा नजाने भन्नेमा निश्चित नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले सरकारले आफ्नो दलसँग तीन दिनअघि मात्रै छलफल सुरु गरेको बताउँदै संविधान संशोधनका लागि सरकार तयार भए मात्रै सरकारमा जाने बताए ।

संघीय समाजवादी फोरमले भने सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ ।
संघीय समाजवादी फोरम नेपालले वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । मंगलबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको हो ।

संविधान संशोधन र मधेसका मुद्दा सम्बोधन हुनेगरी एमाले र माओवादी केन्द्र सहमतिका लागि तयार भएपछि सरकारमा जाने औपचारिक निर्णय गरेको हो ।

राजपाले पनि लगभग यिनै माग गरिरहेको छ । तर दुई दलले फरकफरक तरिकाले सरकारमा जान खोजिरहेका छन् ।

सहमति र सम्झौताका आधार मात्रै फोरम सरकारमा जाने निर्णय गरेको भन्दै सुमनले आफूहरु सरकारसँगको वार्तामा सुरुदेखि नै सहभागि नभएकाले सहमति हुन केही दिन लाग्न सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्