Logo

अनुराधा कोइरालाको हातबाट गौतमलाई राष्ट्रिय नारी सम्मान प्रदान



काठमाडौं, २३ फागुन । समाजसेवी एवम् चलचित्र ‘अनुराग’ की डेब्यु नायिका एलिजा गौतम धमला राष्ट्रिय नारीबाट सम्मानित भएकी छिन् ।

बुधबार फोकस नेपाल तथा सिर्जनशील महिला मञ्चद्धारा १०८ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा उनी सम्मानित भएकी हुन् । ‘समृद्ध नेपाल निर्माणको लागि महिलाहरुको भूमिका विषयक विचार गोष्ठी र राष्ट्रिय नारी सम्मान तथा विशेष साँस्कृतिक समारोह’ की प्रमुख अतिथि प्रदेश नम्बर ३ की प्रमुख एवम् बरिष्ठ समाजसेवी अनुराधा कोइरालाको हातबाट सम्मान गरिएको हो ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलदाीमा आयोजित कार्यक्रममा समाजमा योगदान पुर्याएका विभिन्न नारीहरुलाई आज सम्मान गरिएको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्