Logo

विद्युत चोरी गर्नेलाई पाँच हजार जरिवाना



राजविराज, २३ फागुन  : नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युत चोरी गर्ने १५ जनालाई जनही रु पाँच हजार जरिवाना गराएको छ ।

प्राधिकरण सप्तरीका प्रमुख चन्द्रनारायण साहका अनुसार जिल्लाको कृष्णश्रवण गाउँपालिका–४, ९, ५ र महदेवा गाउँपालिका–१ र २ मा विद्युतको पोलबाट हुकिङ गरी विद्युत चोरी गरेको अवस्थामा १५ जनालाई मंगलबार र बुधबार पक्राउ गरी जरिवाना गरेको हो ।

प्राधिकरणले जिल्लामा व्यापकरुपमा विद्यतु चोरी हुन थालेपछि अभियान नै चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्