Logo

राष्ट्रपतिको निर्वाचनपछिमात्रै मन्त्रिपरिषद विस्तार हुने



काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब राष्ट्रपतिको निर्वाचनपछिमात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गतेको लागि तय भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलको साथ र समर्थन लिने मनशाय गरेका थिए ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले पत्रकार ऋषि धमलासँग भनिन्,‘हामीले अहिले यही अनुसारको तयारी गरेका छौं, अब राष्ट्रपतिको निर्वाचनपछिमात्रै मन्त्रिमण्डल विस्तार हुन्छ।’

राष्ट्रपतिको लागि एमाले–माओवादी केन्द्रको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेद्धवारी दिएकी छिन् । कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राईले उम्मेद्धवारी दिएकी छिन् ।

भण्डारीलाई फोरम र राजपाको पनि समर्थन रहने छ। फोरमले त हिजो नै निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्