Logo

आधा आकाश ढाकेका महिलाहरुको संसार अध्याँरो हुनुहुँदैन : पहाडी



काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य सत्या पहाडीले नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको योगदान उच्च रहेकोले आगामी दिनमा पनि मुलुकको राजनीति सामूहिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिईन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पहाडीले आधा आकाश ढाकेका महिलाहरुको संसार अध्याँरो हुन नहुने धारणा राखिन् । उनले भनिन्,‘नेपालका ठूला ठूला परिवर्तनमा महिलाहरुको योगदान अतुलनीय छ, आगामी दिनमा पनि महिलाहरुलाई नीति तथा निर्माण गर्ने ठाउँमा पुर्याउनुपर्छ।’ संविधानतः नेपालले अर्को युगमा फड्को हानेको उल्लेख गर्दै उनले महिलाहरुले अब अधिकार प्राप्तिसँग आफ्नो कर्तव्यमा पनि ध्यान दिनुपर्ने बताईन् ।

उनले शहरमा हुने ८ मार्च र गाउँमा हुने ८ मार्चमा आकाश–पतालको फरक रहेको सुनाईन् । संविधानले नै महिलासम्बन्धी धेरै अधिकारहरु सुनिश्चितता गरेकोले अब त्यसलाई कार्यान्वयनमा जानुपर्ने बेला आएको उनको भनाई थियो ।

पहाडीले महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने बताउँदै हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिईन् ।



प्रतिक्रिया दिनुहोस्