Logo

‘महिलाहरुलाई शिक्षा र सिपमुलक तालिम दिनुपर्छ’ : राणा



प्रधानमन्त्री बन्न महिलाहरुले साहस गर्नुपर्छ : धमला
काठमाडौं, २४ फागुन । पूर्व सांसद एवम् शिक्षाविद् गीता राणाले राजनीतिमा आवद्ध महिला नेतृहरुले राजनीतिक अधिकारको लागि काम गर्नुपर्ने र अन्य क्षेत्रमा आवद्ध महिलाहरुले महिलाहरुकै शिक्षाको लागि काम गर्नुपर्ने धारणा राखिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले भनिन्,‘प्रजातन्त्र आउनुपुर्व महिलाहरुलाई पनि काम गर्न दिएकै थियो, सबै काम गर्न छुट थियो, बरु राजनीतिक दल खोल्न छुट दिएन्, पछि प्रजातन्त्र आएपछि दल दर्ताको छुट भयो, यो सँगै महिलाहरुको भोटिङ राईट्सको कुरा आयो, अब हामीले अधिकारसँगै आफ्नो कर्तव्यपनि निर्वाह गर्नुपर्छ, महिलाहरुलाई सिप, क्षमता अभिवृद्धि र अभिमुखीकरणमा सवल र सक्षम बनाउनुपर्छ।’

त्यस्तै कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले महिलाहरुले अब नीति निर्माण र मुलुकको नेतृत्व लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले न्यायमूलक समाज र समतामूलक समाज निर्माणको लागि पनि महिलाहरु नेतृत्वमा पुग्न जरुरी रहेको बताए ।

धमलाले महिलाहरुले अधिकार प्राप्त गरेसँगै अब आफ्नो दायित्व पनि जिम्मेवार ढंगले निभाउनतिर आफूलाई केन्द्रित गर्नुपर्ने सुझाव दिए । उनले भने,‘नारीको सम्मान गर्नुपर्छ, म त यो देशमा महिला प्रधानमन्त्री बन्नुपर्छ भनेर बहस र अन्तरक्रिया गर्ने व्यक्ति हुँ।’



प्रतिक्रिया दिनुहोस्