Logo

महिलाले समान अधिकार हासिल गर्न नसक्नु दुखद : उपराष्ट्रपति



काठमाडौं, , २४ फाल्गुन । उपराष्ट्रपति नन्द बहादुर पुनले अझै पनि महिलाले समान अधिकार प्राप्त गर्न नसकेको बताएका छन्।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन्।

उनले नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने भूमिकामा महत्वपुर्ण योगदान पुर्याए पनि महिलाले समान अधिकार हासिल गर्न नसक्नु दुखद भएको बताए।

उनले स्वदेशमा आवश्यक रोजगारी श्रृजना हुन नसक्दा विदेशीएका युवायुवतीले प्रवासी कामदारको रुपमा कयौं समस्या भोग्नु परेको तथा त्यसले सामाजिक सांस्कृतिक मूल्य मान्यतामा हस ल्याउनुको साथै पारिवारिक विखण्डन ल्याएको बताए।

उनले नया संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव मुक्त गर्नुको साथै राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गरेकाले वर्तमानका दिन महिलाका लागि केही सहज बनेको बताए।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले समतामुलुक समाज निर्माणका लागि सरकार सजग र सचेत रहेको बताइन्।

प्रेस फर प्रोग्रेश भन्ने अन्तर्राष्ट्रिय नारा भएपनि नेपालमा भने ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्