Logo

महराद्धारा सभामुखमा उम्मेदवारी दर्ता



काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महराले उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।

उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए । उम्मेदवारी दर्ताका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्