Logo

राष्ट्रियसभाका ३ जना मनोनित सदस्यले सपथ लिए



काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन गरेको तीन जना राष्ट्रिय सभा सदस्यले आज शपथ ग्रहण गरेका छन् ।

ओली सरकारले मनोनित गरेका सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको हो ।



प्रतिक्रिया दिनुहोस्