Logo

सौडियार बालमैत्री र लैंगिक हिँसा नियन्त्रीत भएको बर्ष दिन पुरा



बिमल योगी दाङ,२५ फागुन । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ६ र ७ देशकै ९ औं बालमैत्री तथा पहिलो लैंगिक हिँसा नियन्त्रीत घोषणा भएको आज ठिक एक बर्ष पुगेको छ ।

बालमैत्रीका लागी आवश्यक पर्ने २७ वटा सेवा प्रवाह,१२ वटा संस्थागत तथा जिल्लाले तयार गरेको स्थानिय सुचक समेत पुरा गरेकापछि २०७३ साल फागुन २५ गते बालमैत्री तथा लैंगिक हिँसा नियन्त्रीत गाविस घोषणा गरिएको थियो ।

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र बिषयगत मन्त्रालयको सघन अनुगमन तथा जिल्ला बिकास समितिको अग्रसरतामा बालमैत्री तथा लैंगिक हिँसा घोषणा गरिएपनि अहिले ती निकायले खासै चासो दिएका छैनन ।

साविक गाविस अहिले घोराही उप–महानगरपालिकाका गाभिएपछि सो अभियानलाई बल पुग्ने कार्यक्रम उपमहानगरले समेत ल्याउन नसकेको सरोकारवालाको गुनासो छ ।

संरचना फेरिएपनि बिगत उपलव्धीलाई ग्रहण गर्दा उप महानगरपालिकालाई बालमैत्री बनाउन सहयोग पुग्ने वडा सचिव टेकबहादुर खड्काको भनाई छ । यसैविच लैंगिक हिँसा नियन्त्रीत घोषणालाई प्रभावकारी बनाउन वडा तहले भने बिभिन्न कार्यक्रम सञ्चालन गरेका छन ।

अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसर पारेर वडा नम्वर ६ र ७ ले लैंगिक हिँसा न्यूनीकरण सम्वन्धि कार्यक्रम सम्पन्न गरेका छन । महिला वडा सदस्य कुन्ता सिजवालको अध्यक्षता तथा दाङका प्रहरी प्रमुख दुर्गा सिँह चन्दको प्रमुख आतिथ्यमा वडा नम्वर ६ को फचकपुरमा भएको लैंगिक हिँसा सम्वन्धि गित प्रतियोगितामा माया अधिकारी प्रथम,हिमा चौधरी द्धितिय र माधवी डागीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

घोराही उप महानगरपालिकाका उप मेयर सिता सिग्देल न्यौपाने र वडा अध्यक्ष रेवबहादुर बुढाथोकीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा घोराही उप महानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नारायणप्रसाद घर्ती,वडा सदस्य केशवराज बिसि,वडा सचिव टेकबहादुर खड्का,पत्रकार बिमल योगी,मेलमिलापकर्ता लौटन चौधरी,लोकी आचार्य,कृष्णबहादुर खड्का,सुशिला बिष्ट लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा घैटाफोड र झाँकी ¥याली प्रतियोगिता समेत गरिएको थियो । यस्तै वडा नम्वर ७ को सौडियारमा भएको कार्यक्रममा सहभागीले बालमैत्री तथा लैंगिक हिँसा न्यूनीकरण अभियान थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन ।

कार्यक्रम संयोजक शान्ता चौधरीको अध्यक्षता,घोराही उप महानगरपालिकाका उप मेयर सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्य र वडा अध्यक्ष खोपीराम चौधरीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बिभिन्न प्रतियोगिता सञ्चालन गरिएको् थियो । सो अवसरमा बृद्धा महिला तथा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्तीलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्