Logo

समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न रक्षामन्त्री पोखरेलको आग्रह



काठमाडौं, २५ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएको बताएका छन्।

मन्त्री पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरे। शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) को १२ औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धि र विकासमा लागिनपर्ने राजनीतिक दलहरु अप्रासंगिक हुँदै जाने जिकिर गरे।

रक्षामन्त्री पोखरेलले प्याब्सनले मुलुकको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्दै अव मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न आग्रह गरे।

उनले मुलुक निर्माणका लागि नीति, योजना, कार्यक्रम र आचरण सबै हिसावले लाग्नुपर्ने आवश्यक्ता औंल्याए। पोखरेलले राजनीतिक संक्रमणकाल सकिएकाले अव सबैले मुलुकको आर्थिक विकासलाई मूल एजेन्डा बनाएर अघि बढनुको विकल्प नरहेको जनाए।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्