Logo

राजपा-फोरमले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने



काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

भोलि (आइतबार) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वा्चित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी गराए ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो पार्टीले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने कुरा धमलासँग सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्