Logo

विष्ट परिवारद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण



काठमाडौँ, २६ फागुन : उदयपुरको बेलका नगरपालिका—१ आम्बासीस्थित श्री माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासहित हस्तान्तरण गरेको छ ।

स्थानीय समाजसेवी मानबहादुर विष्टको ८४ औँ जन्मोत्सव तथा चौरासी पूजा र धर्मपत्नी पूर्णमायाको ८१ औँ जन्मोत्सवका अवसरमा उहाँहरुको लगानीमा विद्यालय परिसरमा निर्मित मन्दिरको उद्घाटनका साथ हस्तान्तरण गरिएको हो ।

विष्ट दम्पती नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टका माता पिता हुनुहुन्छ । सो अवसरमा प्रदेश नं. १ का सांसद विमल कार्कीले विष्ट दम्पतीको प्रेरणादायी कार्यको प्रशंसा गर्दै सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्नुभयो । सो विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्