Logo

थापा, राणा र लोहनीबीच पुनः एकता हुँदै, यस्तो छ तयारी



फागुन २७, काठमाण्डौ । पछिल्लो राजनीतिमा कमजोर साबित भएका तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीहरु एक हुने प्रयास गरेका छन् ।

राप्रपाबाट फुटेर बनेको दलहरु पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, डा.प्रकाशचन्द्र लोहोनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र कमल थापाले नेतृत्व गरेको राप्रपाबिच एकताको प्रयास गरिएको हो ।

एकिकरण पछि बन्ने नयाँ पार्टीको नाम राप्रपा हटाई ‘नेपाली जनता पार्टी’ राखिने बताईएको छ । संविधान कार्यन्वयनका खातिर गरिएको तीन चरणको निर्वाचनमा तीनै पार्टीहरुको लज्जास्पद पराजयसँगै पूर्वपञ्च तथा राजावादी झुण्डहरु एक ठाउँमा उभिन लागेका हुन् । अब छुट्टाछुट्टै पार्टी कायम राखे अस्तित्व नै रहँदैन भन्ने निष्कर्षमा पुगी थापा, राणा र लोहोनी पार्टी एकताको गृहकार्य लागेका हुन् ।

एकतापछि तीन पार्टीका अध्यक्षलाई पदीय व्यवस्थापनको समेत टुंगो लागिसकेको दाबी गरेको छ । जसअनुसार पार्टी एकतापछि बन्ने नेपाली जनता पार्टीको अध्यक्ष कमल थापा हुनेछन् भने राणा राष्ट्रिय अध्यक्ष र लोहनी निर्देशन समिति अध्यक्ष हुनेछन् ।

तीनै अध्यक्षको अधिकारसमेत समान रहने गरी पदीय व्यवस्थापन गर्ने टुंगो भएको हो । राप्रपा विगतमा अध्यक्ष पदकै कारण पटकपटक फुटेको थियो । सोही अनुभवका आधारमा तीनै जना अध्यक्ष रहने र अधिकारसमेत समान रहने गरी एकताको टुंगो लगाइएको छ ।

यद्यपी नृतृत्वको विषयमा नेता वुद्धिमान तामाङलाई अध्यक्ष बनाएर शीर्ष नेताहरु थापा, राणा र लोहोनीलाई सम्मानजनक भूमिकाका राख्ने भन्नेमा पनि छलफल भइरहेको छ । एकतापछि पार्टीले हिन्दूराष्ट्रका लागि जनमत संग्रह गर्न दबाब सृर्जन गर्ने लक्ष्य बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्