Logo

स्पेनिस ला लिगा खेलमा बार्सिलोना विजयी



काठमाडौं, २७  फागुन : स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले जित मलागालाई २-०ले हराएको छ।

स्टार स्ट्राइकर लियोनल मेसी बिना खेलेको बार्सिलोनाका लागि लुइस स्वारेज र फिलिप कोन्टिन्होले गोल गरे। १५ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । २८ औँ मिनेटमा कोन्टिन्होले अग्रता दोब्बर पारे।

त्यसको दुई मिनेटमापछि गार्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मालागा १० खेलाडीमा सीमित भयो। पहिलो हाफ २-०ले अगाडि रहेको बार्साले दोस्रो हाफमा गोल गर्ने सकेन।

१० खेलाडीमा समित भएको मालागाले बार्सालाई गोल गर्न नदिए पनि हारबाट बच्न सकेन। जितपछि शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ७२ अंक भएको छ । एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ६१ अंक रहेको छ।

त्यसअघि शनिबार बेलुका भएको खेलमा जित निकालेको तेस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ५७ अंक रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्