काठमाडौं, २७ फागुन । उद्योग, वाणिज्य तथा आपूतिमन्त्री मातृका प्रसाद यादवले वर्तमान सरकार दुई तिहाईको हुने भएकोले अब भ्रष्टहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री यादवले गलत गर्ने र नियम, कानूनको धज्जी उडाएर काम गर्ने संवैधानिक निकाय प्रमुखहरुलाई महाअभियोग लगाउन पनि आफूहरु तयारी अवस्थामा रहेको सुनाए । आज राति हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् ।
अन्र्तवार्ताको क्रममा उनले भनेका छन्,दुई चार जना माफियालाई कारबाही गर्छौ, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको विकास गर्नेबारे कठोर कदम लिने मिसन छ । अब भ्रष्टहरुको जेल जाने दिन आए, हामी सुशासन कायम गरेर छाडछौं।
पूरा अन्र्तवार्ता आज साँझ हेर्नुहोला ।