Logo

दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु, प्रधानमन्त्री ओली घटनास्थलमा



फागुन २८, काठमाण्डौ । त्रिभुवन विमानस्थलमा अनियन्त्रित भइ दुर्घटनामा परेको युनाइटेड वंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली यात्रु यात्रारत थिए।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार ३३ नेपालीसहित ६७ जना यात्रु रहेको विमानमा ४ जना चालक दलका सदस्य थिए।

दिउँसो २ बजेर १८ मिनेट जाँदा धावनमार्गको पूर्वतिर दुर्घटना भएको थियो। विमानस्थलका उद्धार तथा अग्नि नियन्त्रकहरुद्वारा अग्नि नियन्त्रण गरिएको थियो। विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय उद्दारका लागि सक्रिय भएका थिए।

विमान नियमित रुटभन्दा बाहिरबाट आएर दुर्घटनामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि अस्पताल पुर्यारइएको छ भने केहीको विमानभित्रै मृत्यु भइसकेको छ।
त्रिभुवन विमानस्थलमा भएको हवाई दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरुको अवस्था नाजुक देखिन्छ।

दुर्घटनास्थलबाट काठमाडौं मेडिकल कलेज, सिभिल, नर्भिक लगायतका अस्पतालमा घाइतेहरु पुर्‍याइएको छ। घाइतेलाई अस्पताल पुर्‍याउने क्रम पनि जारी छ। काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएका मध्ये ७ जनाको निधन भएको छ ।

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्