Logo

विमान दुर्घटनमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, अधिकांश नेपाली ट्राभल एजेन्सीका कर्मचारी



फागुन २८, काठमाण्डौ । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ ।

उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका ट्राभल एजेन्सीका कर्मचारीहरु थिए ।



प्रतिक्रिया दिनुहोस्