Logo

एमालेले स्वराजको दोकान थाप्यो, अब देउवाले सरकारलाई थाहै नदिई मोदीको दोकान थापे भने देश कहाँ जान्छ ? : भण्डारी



काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई थाहै नदिईकन नेकपा एमालेले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दोकान थापेको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘हिजो एमालेजनहरुले तत्कालिन सरकारलाई थाहै नदिईकन स्वराजको दोकान थापेका थिए, अहिले यदि प्रतिपक्षमा बस्दा देउवाले वर्तमान सरकारलाई थाहै नदिईकन मोदीको दोकान थापे भने देश कहाँ जान्छ रु ओलीको दुई तिहाई कहाँ जान्छ ?’

उनले कम्युनिष्टहरु बढि बोल्ने भएकोले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पनि त्यही गरिरहेको आरोप लगाए । अहिलेसम्म मन्त्रिमण्डल गठन नगर्नुले ओली कुरामात्रै गरिरहने तर काम नगर्ने नेताको भएको पुष्टि गर्ने भण्डारीको आरोप थियो ।

भर्खरै प्रधानमन्त्री भएका ओलीले पाकिस्तानी प्रधानमन्त्रीलाई नेपाल बोलाउनुपर्ने आवश्यकत्ता के थियो रु भन्दै भण्डारीले प्रश्न समेत तेर्साएका छन् ।
त्यस्तै उनले विगतमा ओलीले संविधान संशोधन गर्नै हुन्न भनेर अडान लिएको उल्लेख गर्दै भने,‘‘ओलीजी अहिले आफ्नो अडानबाट पछि हटेका छन्, हिजो संविधान संशोधन नै गर्नुहुन्न, यो राष्ट्रघाती भन्ने र यही एजेण्डा बोकेर चुनाव जित्ने तर अहिले आएर दुई तिहाईको नाममा संविधान संशोधन गर्ने कुरा गर्ने, यसभित्रको रहस्य के हो रु’

त्यतिमात्रै नभएर उनले एमालेभित्र अहिले एनजिओ, कलेज, कालो कोट, अस्पताल सबै रहेको आरोप लगाए । उनले भने,‘जहाँ सबैभन्दा बढि भ्रष्टाचार हुन्छ, एमाले त्यही त्यहीँ छ, जस्तो ठेक्का पट्टा, जहाँ झुठ हुन्छ, त्यहाँ एमालेको बाहुल्यता छ, त्यसैले ओली सरकारले अब भ्रष्टाचारको सफाय पहिला आफ्ना शुभचिन्तकबाट सुरु गर्नुपर्छ ।’

त्यस्तै उनले कैलालीमा राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मत कुटपिट भैरहँदा टुलुटुलु हेर्ने ममता प्रसाद चौधरीलाई पहिला कारबाही गरेर देखाउन सरकारलाई सुझाव दिए । उनले भने,‘यो सरकार बढि बोल्ने रु काम कम गर्ने देखियो, काम गरेर देखाओस् भन्ने मेरो कामना छ ।’

 



प्रतिक्रिया दिनुहोस्