Logo

पुनर्गठित मन्त्रालयले साइनबोर्ड परिवर्तन गर्दै



काठमाडौँ, २९ फागुन : पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालले ३१ वटा मन्त्रालयलाई समेटेर १८ वटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न थालेका हुन् ।

हालै जारी भएको नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार सम्बद्ध मन्त्रालयका काम कर्तव्य र अधिकारसमेत विभाजन गरिसकेपछि पुनर्गठित मन्त्रालयले सोही बमोजिम आफ्नो नाम राख्न थालेको कार्यालयका सहसचिव डिल्लीराम शर्माले बताउनुभयो ।

अहिले जलस्रोत तथा ऊर्जा, खानेपानी तथा शहरी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयले नाम परिवर्तन गरिसकेका छन् ।

यस्तै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नामसमेत परिवर्तन गरिसकिएको छ ।

पुनर्गठित मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाहेक अन्य १२ मन्त्रालयले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्