Logo

प्रधानन्यायाधिश पराजुलीको जन्ममिति विवादबारे प्रधानमन्त्री ओलीले भने, “एउटा मान्छे एकपटक मात्रै जन्मिन्छ”



एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई ओलीको संवोधन, पराजुलीको जन्ममितिबारे असन्तुष्टी

फागुन ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्ममिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुखद भएको बताएका छन् ।

अहिले बालुवाटारमा एमाले, माओवादी, फोरम र राजपाका सासंदलाई संबोधन गर्दै ओलीले पराजुलीको जन्ममिति फरक फरक भएको सत्यताप्रति असन्तुष्टी व्यक्त गरे ।

ठूला मान्छेको जन्ममितिबारे कुरा नगरौँ भने पनि गर्नै पर्छ । इजलास प्रभावित भएको छ । ठूला मान्छेकै जन्ममितिको ठेगान छैन, दुई तीनवटा जन्ममिति हुनु विडम्बना हो । ओलीले भने ।

प्रधानन्यायाधिश पराजुलीलाई संकेत गर्दै ओलीले भने, “एउटा मान्छेको तीन चारवटा जन्ममितिको सर्टिफिकेट कसरी हुन्छ ? एउटा मान्छे एकपटक जन्मिन्छ, सबैखाले सर्टिफिकेट एउटै हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्