Logo

‘गुन्डा नाइके’ लामा काठमाडौंको गौशलाबाट पेस्तोलसहित पक्राउ



काठमाडौं, ३० फागुन । गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन्। काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनबाट आज (बुधबार) साँझ लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो।

होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित बसेका लामालाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले  जानकारी दिए। उनले भने,‘लामालाई आज गौशाला प्रहरीमा राखिएको छ भोलि काठमाडौं परिसर पठाउँछौ र घटनाको थप अनुसन्धान भइरहेको छ।’

लामाले आफूलाई कसैले गोली हान्न आएको बेला उसको पेस्तोल खोसेको प्रहरीमा बयान दिएका छन्। अकूत सम्पत्ति कमाएको अभियोगमा उनको मुद्दा विशेष अदालतमा अझै जारी छ। लामा काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा रुख चिह्न लिएर प्रदेश सभाको चुनाव उठेका थिए ।



प्रतिक्रिया दिनुहोस्