Logo

पदमुक्त भनिएका प्रधानन्यायाधीश पराजुली घरविदामा बस्ने



काठमाडौं, १ चैत्र । पदमुक्त भएका भनिएका प्रधानन्यायाधीश गोपाल पराजुली अब घरविदा बस्ने भएका छन् । उनले आफूले न्यायालयलाई विवादमा तान्न नचाहेको प्रष्ट पारेका छन् ।

पराजुलीले आफू सम्मानजनक निकासको पक्षमा रहेको भन्दै घरविदामा बस्ने तयारीमा रहेको कुरा पत्रकार ऋषि धमलालाई सुनाए ।

सर्वोच्च प्रशासनले आफ्नो कार्यक्षेत्र हस्तक्षेप गरेर पेशी तोक्नबाटै रोकेको उनको गुनासो छ । न्यायपरिषदले पराजुली गत साउनबाटै उमेरहदका कारण पदमुक्त भएको पत्र हिजो सार्वजनिक भएपछि सर्वोच्चको विवाद चुलिएको हो ।

पराजुली पदमुक्त भएको पत्र सार्वजनिक भएपछि आजको पेशी वरिष्ठ न्यायाधीश दिपक जोशीले तोकेका छन् । जोशीले पेशी तोकेपछि पराजुली सर्वोच्च अदालत नै गएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्