Logo

देशमा अहिले जुडिसियल कु भएको छ : कर्ण



काठमाडौं, १ चैत्र । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अहिले देखिएको विवाद दुर्भाग्यपूर्ण भएको भन्दै यो विषयमा कु गर्ने को हुन रु भन्ने कुरा एक दुई दिनभित्रै बाहिर आउने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले योग्यता र क्षमतालाई बाईपास गर्दै पार्टीको भागबण्डाका आधारमा न्यायाधीश नियुक्ती भएकोले अहिले समस्या देखिएको गुनासो पोखे । उनले भने,‘अहिलेको घट्नाको सन्र्दभ प्रधानन्यायाधीश जिवितै छन्, पदासिन छन्, शितलनिवासमा उहाँले हिजो राष्ट्रपतिलाई सपथ खुवाउनु भयो, अब सपथको बैधानिकता के हो रु’

उनले यदि पराजुलीले गम्भिर गल्ती नै गरेको हो भने उनलाई राजिनामा दिन लगाएर मात्रै नहुने भन्दै गम्भिर अपराध गरेकोलाई महाभियोग लगाएर हटाउनुपर्ने तर्क गरे । उनले भने,‘प्रधानमन्त्रीले किन उहाँलाई राजिनामा वा विदामा बस्न भनेर धम्की दिनुभयो, यदि अपराधी हो भने वा किर्ते गरेको हो भने महाअभियोग लगाउनुपर्छ, जबरजस्ती घरमा बस्नुहोस् भन्न मिल्छ रु’ कर्णले पराजुलीलाई हटाउने हो भने कानूनसम्म्त ढंगले हटाउनुपर्नेमा जोड दिए ।

पराजुलीको नामको बोर्ड र उनको कुर्सी हटाईयो भन्दै यसलाई नै उनले ‘कु’ को संज्ञा दिए । उनले भने,‘एकजना पदाधिकारीले अर्कोलाई जबरजस्ती हटाउनु कु हो, देशमा अहिले जुडिसियल कु भएको छ, सर्वोच्च अदालत ईतिहाँसमै यति धेरै पहिलो पटक बद्नाम भएको छ।’ अदालतको फैसलाप्रति जनताको विश्वास घटेकोले अब त्यस्तो घट्ना दोहोरिन दिन नहुने उनको तर्क थियो ।



प्रतिक्रिया दिनुहोस्