Logo

आज १४ मन्त्री थपिदै, सपथ साढे पाँच बजेमात्र हुने



काठमाडौं, चैत २ : चार बजे हुने भनिएको नयाँ मन्त्रीहरुको सपथ डेढ घन्टा सरेको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ साढे पाँच बजेमात्र मन्त्रीहरुको सपथ हुने गरी तयारी भइरहेको छ।

दलहरुलाई मन्त्री छान्न समय लाग्ने भएकाले सपथ सारिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा आज १४ मन्त्री थपिदै छन्।

एमालेबाट ७, माओवादी केन्द्रबाट ५ र संघीय समाजवादी फोरमबाट २ जना आज मन्त्री बन्दैछन्।



प्रतिक्रिया दिनुहोस्