Logo

यी हुन आज थपिने मन्त्रीहरु (नामसहित)



काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। साँझ साढे पाँच बजे नयाँ मन्त्रीहरूले सपथ लिने कार्यक्रम छ। एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको सूची तय गरेका छन् ।

एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, रबिन्द्र अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत बिश्वकर्मा र गोकुल बाँस्कोटा मन्त्री बन्दैछन् ।

त्यस्तै माओवादी केन्द्रका तर्फबाट बर्षामान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल (बलदेव), गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने निश्चित भएको छ ।
मन्त्रीहरुको सपथ कार्यक्रम साढे ५ बजे राखिएको छ । यसअघि ४ बजे सपथ गराउने भनिएको भएपनि डेढघण्टा सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्