Logo

खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने



काठमाडौँ, २ चैत :  नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आज पदभार ग्रहण गर्नुभएको छ ।

कास्की जिल्लाको ३ नं क्षेत्रबाट प्रत्यक्ष निर्वाचित नवनियुक्त मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले यसको विकास तथा विस्तारका लागि उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा (एमाले)का नेतासमेत रहेका मन्त्री विश्वकर्माले एमालेको भातृ संगठन मुक्ति समाज नेपालको आन्दोलनमा सहभागी हुनुभएको थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्