Logo

शिव परिवारलाई वास्तवमै “पिउँदिन भन्दाभन्दै पिलायो” साथीले



पछिल्लो समय नेपाली गित संगितको क्षेत्र फराकिलो बन्दै गएको छ । यस क्षेत्रमा मिहिनेतका लाग्नुपर्छ भन्ने भन्ने मान्यता स्थापित हुँदै गएको छ । नेपाली संगित क्षेत्र उत्साहजनक बन्दै गएको छ ।

मलाई धेरै नेपाली गायक मन पर्छ । स्वर सम्राट नारायण गोपाल मलाई धेरै मन पर्छ । उहाँले छानेको संगीत र शब्द धेरै राम्रा हुन्छन् ।

मैले गाएका गितहरुमध्ये सबैभन्दा धेरै गाउनका लागि अफर आउने गित क्या दामी भो हो । अहिले आएर पिलायो साथीले भन्ने गितको माग धेरै छ ।

म पनि कहिलेकाँही साथीको आग्रहमा पिउँछु । आफूले पनि साथीलाई आग्रह गर्छु । म पनि कहिलेकाँही पिउँछु । विशेष परिस्थितीमा विश्वासिलो साथीसँग बसेर पिउँछु । धेरै पिएर मात्तिने गरी पनि कहिले काँही पिउँछु । तर धेरै पिउँदा पनि सम्हाल्ने साथीभाइ सँगै छन् भने मात्रै त्यसरी पिउँछु ।

स्टेजमा गित गाउँदा पिउने बानी छैन । पिएर गित गायो भने शरीरका अंगहरु गल्छन् । त्यसैले कार्यक्रम नभएका बेला मात्रै पिउँछु । तर पिएर नकारात्मक कुरा काट्ने माहौल छ भने म पिउँदिन ।

कलाकारले मात्रै पिउँछन् भन्ने होइन । मान्छेको स्वभाव र इच्छाअनुसार सबैले पिउँछन् ।

माया विना संसारमा कोही पनि चल्न सक्दैन । माया भनेको अपोजिट सेक्सको मात्रै होइन । हामीलाई अगाडि बढ्नका लागि सबैको माया चाहिन्छ । मैले त विवाह गरेको पनि १२ वर्ष भइसक्यो ।

तर पनि एउटा गायकप्रति युवतीहरु आकर्षित हुनु स्वभाविक नै हो । नेपालको संगित क्षेत्रमा शिव परिवारको स्थान जहाँ छ, त्यसका कारण कन्र्सट वा स्टेजमा जाँदा म थाकेका मनहरुलाई शान्त पार्न सक्छु ।

अन्त्यमा आज तपाईको छोरा एरिकको जन्मदिन परेकाले धेरै धेरै शुभकामना दिन चाहन्छु ।
(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग गरिएको कुराकानी)
चैत ३, काठमाण्डौ ।



प्रतिक्रिया दिनुहोस्