Logo

पौडेल–सिटौला मिलन : दुवैलाई ठेगान लगाउने देउवाको रणनीति



काठमाडौं, ३ चैत्र। नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक यही चैत्र ९ गते बस्दैछ । तर, कांग्रेसका शीर्ष नेताहरु अहिले गुट तथा उपगुटको भेलामा जुटिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाइ अप्ठ्यारो पार्ने उद्देश्यले नेता कृष्ण सिटौला समूहले बरिष्ठ नेता रामचन्द्र पौडेललाई सहयोग गर्ने उद्धघोष गरिसकेको छ । उनीहरुले केही दिनअघिमात्रै एक कार्यक्रममा देउवालाई कडा चेतावनी दिईसकेको छ । ‘आजका दिनसम्म ब्ल्यांक चेक दियौं, अब क्रिटिकल सहयोगमात्रै रहन्छ’ भन्ने सिटौला समूहको चेतावनी छ ।

मोटामोटी पौडेल र सिटौला समूह एक भएर आफूलाई असहयोग गर्ने चाल पाएपछि सभापति देउवाले उनीहरुलाई कमजोर बनाउनको लागि पार्टीभित्र अनुशासन कारबाही गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्