चैत ४, काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी गीतकार राखी गौचनका एक साथ दुई वटा आधुनिक गीतका एल्बम बजारमा आएको छ ।
उनले जानी नजानी र परिभाषा एलबम भर्खरै सार्बजनिक गरेकी हुन् ।
दुबै एल्बमका गीत कर्णप्रिय भएको प्रतिक्रिया पाएर गौचन हौसिएकी छिन् । परिभाषामा गायक सुरज कुमार थापाले गाएका ५ वटा गीत छन् भने जानी नजानी एल्बममा गायिका बानिका प्रधानको स्वरमा ६ वटा गीत ।
दर्जनौ गीत लेखिसकेकी गौचनका केही गीत रेकर्ड भैसकेका छन् । सन् २०१६ मा सपनाश्रीले गाएको ‘म मातिएको बेला’ उनको पहिलो रेर्कडेड गीत हो । त्यसमा यम बरालको संगीत छ ।
स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने राखी गीत लेखनमा गम्भिर भएर लागेको दुई वर्ष भयो । जीवनका भोगाईहरुलाई गीत र कवितामा ढालेर पाठक, दर्शक र श्रोतामाझ पस्किरहने उनको चाहना छ ।