Logo

अभिभारा सहकारी भक्तपुरको नमुना सहकारीः सांसद बस्नेत



भक्तपुर- अभिभारा कृषि सहकारी संस्था लि.मध्यपुरठिमी भक्तपुरको दोश्रो बार्षिक उत्सव तथा वार्षिक साधारण सभामा बोल्दै सांसद महेश बस्नेतले देशमा स्वरोजगारी स्थापना तथा समृद्धिको लागि आर्थिक विकासको आधारशीला सहकारी क्षेत्र भएकोे बताउनु भएको छ ।

मध्यपुरठिमी नगरपालिका ६ स्थित करिव एक हजार युवा सदस्यहरु आवद्ध उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा विभिन्न स्वरोजगारमुखी कार्यक्रमहरु तरकारी खेती, पशु पालन, माछा पालन, सहकारी पसल तथा दैनिक बचत मार्फत कैयौ युवाहरुलाई रोजगारी दिनु भक्तपुरकै नमुना काम भएको बताउदै सांसद बस्नेतले वर्तमान सरकार स्थीरता र समृृद्धि मुख्य एजेण्डाका साथ गठन भएकोले आफु पनि यस क्षेत्रकै युवा सांसद हुनुको नाताले सहकारीलाई सक्दो सहयोग गर्ने बताउनु भयो । उहाले भन्नु भयो,‘सहकारी देशको समृृद्धिको आधार हो, यसलाई हामीले नै सुव्यस्थीत गर्दै लैजाने हो भने साम्यवाद खोज्न अन्त कतै जानै पर्दैन ।

सहकारी क्षेत्रमा विशिष्ट योगदान गर्ने बाह्र जनालाई सम्मान समेत गरीएको उक्त कार्यक्रममा सहकारी विज्ञ यज्ञ प्रसाद पन्थी, युवा गैर सरकारी संस्था महासंघका भक्तपुर अध्यक्ष रुपा के.सी., कुण्डोल युवा समुहका सचिव राजु पाण्डे, समाजसेवी हरी प्रसाद दाहाल लगायतले मन्तब्य राख्दै अभिभारा कृषि सहकारीले छोटो समयमा नै निकै राम्रो काम गरेकोले अब यसमा आवद्ध भएर सफल समाज बनाउन सबैले आ–आफ्नो क्षेत्रमा महत्वपुर्ण भुमिका निभाउनु पर्ने बताउनु भयो ।

सहकारीले निकै छोटो समयमा विभिन्न क्षेत्रमा समन्वय गरेर उत्साहजनक ढंगले काम गरीरहेकाले अब युवाहरुले संचालन गरेको यो संस्था नगरकै उत्कष्ठ हुने गरी काम गरीरहेको सहकारीका अध्यक्ष नारायण गिरीले बताउनु भयो, उक्त विशेष कार्यक्रमको संचालन सहकारीका अभियान्ता रमेश प्रसाद अधिकारीले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्