Logo

कर्मचारीको हाजिरी रोक्नेदेखि गाडी खोस्ने मन्त्री पण्डितको चेतावनी



काठमाडौं, ४ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेशमा खटाईएका कर्मचारीलाई तत्काल उक्त कार्यक्षेत्रमा नगए कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री पण्डितले यस्तो जानकारी दिएका हुन् । दुई दिनभित्र कार्यक्षेत्रमा नजाने र अटेर गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने तयारी थालेको उनको भनाई थियो । उनले भने,‘म केही सुन्ने छैन, म कसैको केही सुन्दिन्। खटाएको क्षेत्रमा नजाने कर्मचारीको सबै चिज पनि रोकिदिन्छु, हाजिरीपनि रोकिदिन्छु । सबै सुविधा रोक्छु । लिएको जति सबै खोसिदिन्छु ।’



प्रतिक्रिया दिनुहोस्