Logo

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको सनसनीपूर्ण खुलासा : ……त्यसपछि म आत्महत्या गर्छु (भिडियोसहित)



काठमाडौं, ४ चैत्र । ९ महिना ९ दिन प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका गोपाल पराजुलीले आफ्नो राजिनामासँगै आफूलाई तनाबमुक्त भएको स्पष्ट पारेका छन् ।

हिमालय टेलिभिजनबाट आज प्रशारण भएको पत्रकार ऋषि धमलाको धमलाको हमला नामक चर्चित टेलिभिजन कार्यक्रममा विशेष कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले आफूले पीडितको पक्षमा न्याय सम्पादन गरेको पनि जिकिर गरेका छन् ।

आफूले यो करियरमा कुनैपनि गलत निर्णय नगरेको उनको जिकिर गरे । उनले अघि भने, “म भित्रको पवित्रताले गर्दा मैले कहिल्यैपनि गलत निर्णय गरिन् ।”

पत्रकार धमलाले त्रिवि शिक्षण अस्पतालका डिन शशि शर्माको पूर्नवहाली गर्ने निर्णयसँगै यो घट्ना घटेको होईन र ? भनेर सोधेको प्रश्नमा पराजुलीले भने, शशि शर्मालाई पूर्नवहाली गरेको हुँ, मलाई ७ पटक फाँसी दिएर फेरी मानव जीवन दिईयो भने पनि म त्यही निर्णय गर्छु ।”

प्रत्येक राम्रो काम गर्ने मान्छेले दुःख पाउने भन्दै उनले उदाहरण समेत दिए । उनले भने,”जसरी जिसस क्राईस्टले पाए, मार्टिन लुथर किंग भन्नुहोस्, अथवा महात्मा गान्धी भन्नुहोस्, नेल्शन मण्डेला भन्नुहोस्, अथवा हाम्रै विश्वेश्वरप्रसाद कोइराला भन्नुहोस् अथवा कृष्णप्रसाद भट्टराई अथवा गणेशमान सिंह, मनमोहन अधिकारी भन्नुहोस्, असंख्य मानिसहरु, जो राम्रो गरेरपनि उनीहरुले दुःख पाए ।”



प्रतिक्रिया दिनुहोस्