काठमाडौं, ४ चैत्र । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफूहरुसँग लिखित सम्झौता नगरे सरकारमा सहभागी नहुने जिकिर गरेका छन् ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले संविधान संशोधन लगायत अन्य मुद्दामा सरकारले तत्काल लिखित प्रतिबद्धता जनाएमात्रै सरकारमा जाने नभए सहभागी नहुने स्पष्ट पारे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चूनौति समेत दिएका छन् ।