Logo

पूर्वराजा पूर्वमा पूर्वपञ्चहरुसँग गोप्य भेलामा व्यस्त, हिन्दूराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्न चेतावनीयुक्त आग्रह



काठमाडौं, ५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला पूर्वमा छन् । रोचक त के भने उनी यतिवेला पूर्वपञ्चहरुसँगको गोप्य भेलामा व्यस्त छन् ।

राप्रपाका नेता बुद्धिमान तामाङले दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्रसँग आफू अहिले सँगै रहेको जानकारी पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

उनका अनुसार पूर्वराजाले यतिवेला राप्रपा नेताहरु क्रमशः कमल थापा, डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरालाई बोलाएर एक हुन आग्रह गरेका छन् ।
पूर्वराजाले राप्रपा नेताहरु एक नभए हिन्दूराष्ट र राजसंस्थाको अस्तित्व समाप्त हुन्छ भन्दै यी एजेण्डा हाँसिल गर्नको लागि पन िएक हुन आग्रह गरेका छन् । कतिपयले पूर्वराजाले दिएको यो निर्देशनमात्रै नभएर चेतावनी युक्त आग्रह समेत भएको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्