काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध मोर्चाबन्दी कसेका नेताद्धय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पेल्नको लागि पार्टीको विधान संशोधन गर्ने तयारी थालेका छन् ।
देउवा निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनी यतिवेला विधान संशोधन गरेर पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । जसअनुसार उनले एक जना बरिष्ठ उपसभापतिसहित ४ जना उपसभापति र एक महामन्त्री मनोनित गर्नेछन् । उपसभापतिमा उनले आफू निकटका नेता गोपालमान श्रेष्ठलाई मनोनित गर्नेछन् र सोही अनुसार आफ्ना मान्छेलाई उपसभापति बनाउने तयारी गरेका छन् ।
त्यतिमात्रै नभएर उनले ७ वटै प्रदेशमा सह–महामन्त्री बनाउनेगरि विधान संशोधनको तयारी थालेको स्रोतको दाबी छ । पदाधिकारीमा आफ्ना मान्छेहरुलाई नियुक्त गरेर पौडेल र सिटौला समूहलाई पेलेर अघि बढ्ने देउवाको रणनीति छ ।
कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक यही चैत्र ९ गतेको लागि बोलाईएको छ ।