चैत ६, काठमाण्डौ । नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्त्री झलनाथ खनालको आज जन्मदिन । शुभकामना दिनेहरुको ओइरो लागेको छ । खनाल अहिले इलाममा छन् । र आजै काठमाण्डौ आउँदैछन् । जन्मदिन मनाउनका लागि पार्टीका कार्यकर्तादेखि साथीभाइले भेट्ने समय मागेपछि उनी काठमाण्डौ आउन लागेका हुन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
“काठमाण्डौ आइपुगेपछि घरमै बर्थडेको समारोह बन्छ । तर मैले कसैलाई पनि निम्तो गरको छैन ।” खनालले भने ।
शुभेच्छुक तथा साथीभाइहरु आउने भएकाले केक काटिने भए पनि औपचारिक कार्यक्रम नभएकाले कसैलाई पनि नबोलाएको उनले स्पष्ट पारे ।
कुराकानीका क्रममा खनालले बैशाख नौ गने पार्टी एकता प्रक्रिया समाप्त हुने बताए । “अहिले सबै प्रक्रिया मिलाउन प्रयत्न गरिरहेका छौँ । वैशाख नौ गते पक्का पार्टी एकता घोषणा हुन्छ ।” उनले भने ।
सबै समस्याहरु समाधान हुँदै गएको दाबी गर्दै नेता खनालले पार्टी एकता कसैले पनि रोक्न नसक्ने बताए ।