Logo

प्राविधिक शिक्षालाई प्राथमिकता : शिक्षामन्त्री पोखरेल



काठमाडौँ, ६ चैत : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति विकसित गर्ने गरी शिक्षा नीति ल्याउने तयारीमा आफू लागेको बताउनुभएको छ ।

रासससँग आज कुरा गर्दै उहाँले वाम गठबन्धनको चुनावी घोषणापत्र र मुलुकको आवश्यकताबमोजिम गैरप्राविधिक विषयमा ३० प्रतिशत र व्यावसायिक तथा तदनुरूप साधनस्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिने बताउनुभयो ।

गरिखाने शिक्षा नभएको अवस्थामा सरकारले शिक्षा नीति र पाठ्यक्रम तथा संरचनामा परिवर्तन गरी प्राविधिक शिक्षाको धारमा प्राथमिकता दिन लागेको छ, मन्त्री पोखरेलले भन्नुभयो –“नयाँ सुधार के गर्न सकिन्छ भनेर सम्बन्धित निकाय र विज्ञहरूसँग परामर्शमा छु, चाँडै उपर्युक्त निर्णयमा पुग्नेछु ।” (रासस) 



प्रतिक्रिया दिनुहोस्