Logo

सात मुख्यमन्त्रीसँग प्रधानमन्त्री ओली सात घण्टा, केन्द्र सरकारले वेवास्ता गरेको मुख्यमन्त्रीहरुको गुनासो



चैत ७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग लगातार सात घन्टा बैठक गरेका छन्।

बुधबार बिहान सवा ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठक साँझ सवा ५ बजे सकिएको हो।

बैठकमा प्रदेश सरकारले भोग्नु परेका कर्मचारी, कानून र बजेट अभावका विषयमा सातै मुख्यमन्त्रीले आफ्ना धारणा राखेका थिए।

सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसामू प्रदेशमा कानुन र स्रोत साधनका साथै केन्द्र सरकारबाट समन्वयनको भएको गुनासो गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले भने सबै सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्ने भन्दै समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

बैठकलाई सुरुमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उनले विकास र समृद्धि सबैको साझा लक्ष्य भएको बताए ।

त्यसपछि सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका क्रममा भोग्नु परेको समस्या राखेका छन् ।

गाडी, कर्मचारीदेखि भौतिक पूर्वाधारको समस्या पनि मुख्यमन्त्रीहरुले उठाएका छन् । साथै प्राकृतिक स्रोत र राजश्व बाँडफाँटका लागि अझैसम्म आयोगहरु नबनेकोमा ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले केन्द्र सरकार सहयोग गर्ने र आगामी दिनमा समन्वयको कमी नहुने आश्वानस दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्